पुस १४ गते ,अछाम : अछाममा बोयलर कुखुराको मासु खादा एक जनाको मृत्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिका–३ बयालाका १५ वर्षीय कमल विकको मृत्यु भएको हो ।
तुला सिंह बिकले घरमा ल्याएको बोयलर कुखुराको मासु खादाँ छोरा कमल विकको मृत्यु भएको र मासु खाने ७० वर्षीय नाम विक, १३ वर्षीया सीता बिक र ९ वर्षीय विकास विक बिरामी परेका अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।