Sujang

डोटीमा खोलाले वगाएर एक जनाको मृत्यु, एक बेपत्ता

Ban

असोज १७ ,डोटी : डोटीको सायली गाड (खोला) मा बगेर एक महिलाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । जिल्लाको आदर्श गाउँपालिका–५ तलारास्थित सायली गाडमा बगेर सोही गाउँपालिका–३ का घर भई हाल वडा नं. ५ तलारा बस्दै आएकी ३१ बर्षीया लक्ष्मी ओझाको मृत्यु भएको हो । उनीसंगै खोलामा बगेका शिखर नगरपालिका–११ का घर भइ हाल तलारा बस्दै आएका करीव ५० बर्षीय शेर बहादुर बोहरा बेपत्ता छन् । शेरवहादुर र लक्ष्मी शुक्रवार बिहान धान चुट्न भनी सायली गाड पारी सोमैजी माणु गएका थिए ।

Krishi

उनीहरु शनिवार बिहानसम्म पनि घर नआएपछि सोधी खोजी गर्दा समैजी माणुबाट शुक्रवार रातीनै घर फर्केको थाह भएको स्थानीय कृष्णवहादुर भट्टराईले जानकारी दिए । रातीनै आएका मान्छे बिहानसम्म पनि घर नआउँदा आफन्त र छिमेकीले खोज तलास गर्दा सायली गाडको किनारमा लक्ष्मीको शव फेला परेको उनले वताए । खोलामा वगेर बेपत्ता भएका शेरवहादुरको स्थानीयबासीहरुले खोजी कार्य जारी राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार तत्काल घटनास्थलमा प्रहरी सहायक निरीक्षक सुमन ओझाको कमाण्डमा तीन जनाको टोली खटिएको छ । घटनाको थप अनुसन्धान जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बासुदेव अवस्थीको कमाण्डमा ६ जनाको प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.