Sujang

डोटीको शिखरमा दुई दिने प्राथमिक उपचारसम्बन्धी क्षमता विकास तालिम सम्पन्न

Ban

असोज १८ गते, डोटी : सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको आयोजनामा सञ्चालित दुई दिने प्राथमिक उपचारसम्बन्धी क्षमता विकास तालिम शिखर नगरपालिकामा सम्पन्न भएको छ।
समुदायमा विपद् तथा आकस्मिक अवस्था आइपर्दा तत्काल प्राथमिक उपचार प्रदान गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले आयोजित तालिममा शिखर नगरपालिकाका पाँचवटा समुदायमा रहेका प्राथमिक उपचार कार्यदलका प्रतिनिधिहरू सहभागी भएका थिए।

तालिममा प्रकाश केसी र देवबहादुर बोहराले सहजीकरण गरेका थिए। सहभागीलाई प्राथमिक उपचारको आधारभूत अवधारणा, घाइते तथा बिरामीको प्रारम्भिक मूल्याङ्कन, रक्तस्राव नियन्त्रण, मांसपेशी, हाड तथा जोर्नीमा हुने चोटपटक, हड्डी भाँचिएको अवस्थामा अपनाउनुपर्ने सावधानी, बेहोस व्यक्तिको व्यवस्थापन, जलन, सर्पदंश, नाकबाट रक्तस्राव, घाइतेको ओसारपसार तथा पट्टीको प्रयोगलगायतका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको थियो।
तालिमका क्रममा आकस्मिक अवस्थालाई लक्षित गरी कृत्रिम घटना अभ्यासको नमुनासमेत प्रदर्शन गरिएको थियो।

Krishi

नेपाल प्राकृतिक तथा गैरप्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले समुदायस्तरमै विपद् पूर्वतयारी र प्राथमिक उपचारसम्बन्धी क्षमता विकास आवश्यक रहेको आयोजकले जनाएको छ। विपद् पूर्वतयारीमा गरिएको लगानीले विपद्पछिको प्रतिकार्यमा हुने ठूलो क्षति र खर्च न्यूनीकरण गर्न सहयोग पुग्ने बताइएको छ।

सामुदायिक विकास केन्द्र (सिडिसी) डोटी र लुथरन वर्ल्ड फेडरेसन नेपालको संयुक्त साझेदारीमा सञ्चालित सक्षम परियोजनाअन्तर्गत तालिम आयोजना गरिएको हो। मुक्त हलिया तथा दलित नागरिक समाज संगठन र तिनका सञ्जाललाई सशक्त बनाउँदै सामाजिक, आर्थिक तथा जलवायु न्याय प्रवर्द्धनका लागि जिम्मेवार निकायसँगको सहकार्य सुदृढ गर्ने परियोजनाअन्तर्गत प्राथमिक उपचार कार्यदलको क्षमता विकास गरिएको कार्यक्रमका फिल्ड कर्मचारी टेकेन्द्र साउदले बताए।
उनका अनुसार विपद्को समयमा स्वास्थ्य संस्था पुग्नुअघि घाइतेलाई दिन सकिने प्राथमिक उपचार तथा घरायसी घटनामा आवश्यक पर्ने सामान्य उपचारसम्बन्धी ज्ञान प्रदान गरी मानवीय क्षति न्यूनीकरण गर्न तालिमले सहयोग पुग्नेछ।

तालिममा २४ जनाको सहभागिता रहेको थियो।

Salmuni
Leave A Reply

Your email address will not be published.