Sujang

दशैं–तिहार लक्षित डोटीमा बजार अनुगमन तीव्र

Ban

असोज १५ ,डोटी : डोटीमामा दशैं, तिहार तथा छठपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्र पारिएको छ। चाडपर्वका बेला उपभोक्ता बढी ठगिने तथा म्याद नाघेका र गुणस्तरहीन वस्तुको बिक्री–वितरण हुन सक्ने भएकाले विभिन्न निकायको समन्वयमा बजार अनुगमन बढाइएको हो।

बिहीबार डोटीको केआई सिंह गाउँपालिका–४ वायल बजारमा बजार अनुगमन गरिएको छ।

अनुगमनका क्रममा केही किराना पसलबाट म्याद नाघेका तथा अखाद्य वस्तु फेला परेपछि ६ हजार १ सय ५ रुपैयाँ बराबरका सामग्री जफत गरी नष्ट गरिएको हो।

Krishi

जिल्ला प्रशासन कार्यालय डोटीका नायब सुब्बा सुरेन्द्र प्रसाद जोशीका अनुसार उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै चाडपर्वको समयमा बजार अनुगमनलाई निरन्तरता दिइरहेकोे बताए।

दसैँ–तिहारजस्ता चाडपर्वका समयमा खाद्य सामग्रीको कारोबार तथा उपभोग बढ्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै बजार अनुगमनलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन्।

अनुगमनका क्रममा व्यवसायीहरूलाई उपभोक्ता हित संरक्षण, खाद्य स्वच्छता, मूल्यसूची राख्ने व्यवस्था, वस्तुको म्याद तथा गुणस्तर कायम गरी बिक्री–वितरण गर्न र प्रचलित कानुनी प्रावधानको पूर्ण पालना गर्न निर्देशन दिँदै सचेत गराइएको छ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय डोटी, घरेलु तथा साना उद्योग कार्यालय राजपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय डोटी र नेपाल प्रहरीको सहभागिता रहेको थियो।

अनुगमन टाेलीले मंगल दिपायल , बुधबार राजपुर र बिहिवार वायलमा बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिइने जिल्ला प्रसाशन जनाएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.