

एकेन्द्र चन्द ,असोज २०,डोटी : डोटीको बडीकेदार गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको पालिका स्तरीय प्रोफाइल निर्माण गर्ने भएको छ ।
स्थानीय देखि विश्वव्यापी मानव अधिकार वकालतमार्फत नेपालमा सीमान्तकृत समुदाय तथा सामाजिक रूपमा बहिष्कृत जनसंख्याको सशक्तीकरण गर्ने उद्देश्यले सञ्चालन भइरहेको L2G परियोजना अन्तर्गत प्रोफाइल निर्माणको काम सुरु गरिएको हो।

बडीकेदार गाउँपालिका, डोटीको समन्वय तथा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल, डडेल्धुराको आयोजनामा २० असोज २०८३ गते शुभारम्भ तथा समन्वय बैठक आयोजना गरिएको हो।
प्रोफाइल निर्माणमार्फत गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको वास्तविक अवस्था, संख्या, आवश्यकता तथा उनीहरूले भोगिरहेका समस्या पहिचान गरी आगामी दिनमा सत्य तथ्य र लक्षित कार्यक्रम तथा सेवा प्रवाहमा सहजता पुग्ने र यसले वास्तविक अपाङ्गताको पहिचान हुने बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउदले बताउनु भयो ।
हलिया मुक्त हलिया समाज महासघ नेपालका महासचिव तुलाराम सार्कीले परिचपत्र भनेको भत्ता खानको लागि मात्र नभएको र अन्य काममा पनि सहयोग पुग्ने भएकाले १० वटै अपाङ्गता भएका ब्यकिहरुले अपाङता परिचय पत्र लिनु बताउनु भयो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको प्रशिक्षण नन्दराज भट्टले गर्नु भएको थियो ।
