Sujang

डोटी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित

Ban

असोज ५, डोटी । डोटी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित भएका छन् । आइतबार नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा शाह २८० मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् । अध्यक्ष पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा थिए । अध्यक्षका अन्य प्रत्याशीहरूमा दीपकबहादुर खड्काले २११, प्रेम भण्डारीले १७७ र इन्द्रबहादुर कुँवरले ९२ मत प्राप्त गरेका छन् ।

Krishi

सङ्घको वरिष्ठ उपाध्यक्षमा दीर्घ बहादुर साउद ३५२ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी लोकबहादुर खड्काले २१० र चन्द्रराज पाठकले १७१ मत पाए । त्यस्तै उपाध्यक्ष (उद्योग) मा रमेश बोहरा ३८६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी नन्दराम भण्डारीले ३०७ मत प्राप्त गरे । उपाध्यक्ष (वाणिज्य) मा लालबहादुर कठायत २७९ मतसहित निर्वाचित भएका छन् । गणेश बोहराले २५६ र लोकबहादुर देउवाले १९८ मत प्राप्त गरे ।

त्यसै गरी महासचिवमा रोशन कठायत विजयी भएका छन् । उनले ३५० मत प्राप्त गरे भने जयबहादुर शाहीले १९५ र रमेश जोराले १९३ मत पाए । कोषाध्यक्षमा प्रकाशबहादुर रावल ४७९ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अमित अमात्यले २१८ मत पाए । सचिवमा दीपक कलेल (२६२ मत) विजयी भएका छन् ।  पवित्रा कुमारी कुँवरले २३५ र नन्दन सिंह कार्कीले २५६ मत प्राप्त गरेका छन् ।

आइतबार सम्पन्न निर्वाचनमा एक हजार ३६ मतदातामा ८७५ मत खसेको थियो ।
१२ जना सदस्यहरु निर्बिरोध निर्वाचित भएका हुन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.