Sujang

बाढीपहिरो र डुबानले २१ जिल्ला प्रभावित : २२४ जनाको मृत्यु

Ban
Krishi

असोज १५ गते,काठमाडौं : असोज ११ र १२ गतेको काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएको बाढीपहिरो र डुबानले २१ जिल्ला प्रभावित भएका छन्।

मंगलबर प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले बाढी, पहिरो र डुबानको क्षति र उद्धारको विषयमा विवरण जानकारी गराउनुभएको हो।

मुख्यसचिव अर्यालले प्रस्तुत गर्नुभएको विवरण अनुसार प्रभावित २१ जिल्लामध्ये काभ्रेपलञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला बढी प्रभावित भएका छन्। उहाँले बाढी र पहिरोमा परेर २२४ जनाको मृत्यु भएको जानकारी गराउनु भएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.