Sujang

सुदूरपश्चिममा मनसुनी वर्षा सक्रिय हुँदै, सरकारद्वारा ‘हाइ अलर्ट’ जारी

Ban
Krishi

भदौ २७,कैलाली :सुदूरपश्चिम प्रदेशमा मनसुनी वर्षा सक्रिय हुने र त्यसबाट क्षति पुग्न सक्ने भन्दै सुदूरपश्चिम प्रदेश सरकारले हाइ अलर्ट जारी गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जोखिमका क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई २७ गते साँझदेखि २९ गते बिहानसम्म उच्च सुरक्षा सतर्कता अपनाउन अपिल गरेको हो । मन्त्रालयका उपसचिव तथा प्रवक्ता कृष्णप्रसाद नेपालले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेको भएपनि हाल भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय थप विकसित भई उत्तर प्रदेशतिर सर्ने सम्भावना देखिएको र विशेष गरी नेपालको पश्चिम क्षेत्रमा सक्रिय भई वर्षा हुने र सुदूरपश्चिम प्रदेशमा पनि यसले प्रभाव पर्ने जनाएका छन् ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले २७ गते साँझदेखि २९ गते बिहानसम्म सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका पहाडी भूभागमा भूक्षय पहिरो तथा गेग्रान बहावको जोखिम रहने हुँदा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन भनिएको छ ।

बाढी ,पहिरो, डुबान कटानको जोखिम देखिएकोमा सम्बन्धित जिल्ला र स्थानीय विपद् व्यवस्थापन समिति सुरक्षा निकाय र रेडक्रस सोसाइटीलाई तुरुन्त खबर गर्न, बस्ती नजिक बाढी, पहिरो, डुबान जोखिम आकलन गरी सुरक्षाकर्मी एवं स्थानीय तहसँगको समन्वयमा सुरक्षित स्थानमा सर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

बाढीका बारेमा जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर ११५५ मा फोन गर्न, विपद्मा ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति ,महिला, बालबालिकाको विशेष ध्यान राख्न, सम्बन्धित विपद्लाई ध्यानमा राखी खोज उद्धार र राहतका लागि सम्बन्धित निकायहरू तयारी अवस्थामा रहन भनिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.