Sujang

कांग्रेसको १५औँ महाधिवेशनले पार्टीभित्रको मतभेद समाधान गर्नुपर्छ : सभापति बलायर

Ban

असोज १५ गते , डोटी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले पार्टीको १५औँ महाधिवेशनलाई पार्टीभित्रको मतभेद समाधान गर्दै संगठनलाई थप मजबुत बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभरका वडाको अधिवेशन आजदेखि सुरु हुँदै गर्दा बलायरले फेसबुक पेज मार्फत लेख्दै झण्डै आठ दशक लामो इतिहास बोकेको कांग्रेसको यो महाधिवेशन महत्वपूर्ण रहेको बताएका हुन्।

Krishi

उनले नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासन स्थापनाका लागि पार्टीले गरेको त्याग, बलिदान र संघर्षलाई थप मजबुत बनाउन महाधिवेशन महत्वपूर्ण हुने बताए।

बलायरले देशभरका ६ हजार ७ सय ४३ वडामा विधि र प्रक्रिया पूरा गरी सुरु हुने अधिवेशनमा उत्साहपूर्वक सहभागी भई सफलतापूर्वक सम्पन्न गर्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

साथै उनले पार्टीभित्र देखिएका मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गर्दै नेपाली कांग्रेसलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Salmuni
Leave A Reply

Your email address will not be published.