Sujang

तनहुँ बस दुर्घटना : मृतकको संख्या २७ पुग्यो

Ban

तनहुँ, भदौ ७ गते: तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ।  सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा २७ जनाको मृत्यु भएको छ।  यता आँबुखैरेनी अस्पतालका प्रमुख डा. डिबी क्षेत्रीले दुर्घटनाका घाइतेमध्ये २४ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो।

Krishi

प्रवक्ता थापाका अनुसार बसमा ४१ यात्रु, चालक र सहचालक दुई गरेर ४३ सवार थिए। दुर्घटनाका गम्भीर घाइते १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये ११ जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

सनाखत भएका शव नेपालस्थित भारतीय दूतावासले बुझिसकेको प्रहरीले जनाएको छ। बस शुक्रबार बिहान ११:३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.