Sujang

गुणस्तरीय निर्माणका लागि तीनवटै सरकार जिम्मेवार हुनुपर्ने :मुख्यमन्त्री शाह

Ban

अछाम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विकासका योजनाहरु गुणस्तरीय र पारदर्शी रुपमा सम्पन्न गर्न तीन वटै तहका सरकारले समन्वय र सहकार्य गर्न आवश्यक रहेको बताएका छन् ।

विगत ३ दिनदेखि अछाममा रहनु भएका मुख्यमन्त्री शाहले दिगो, गुणस्तरीय र पारदर्शी विकास हुनुपर्ने र यसमा तीनवटै तहका सरकार जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

Krishi

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुईकाको वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहले प्रदेशका विकास आयोजनाहरु पनि सहि तथा पारदर्शीताका साथ कार्यान्वयन गर्न सुझाव दिए ।

आफ्नो कार्यकालको अवधिभर शिक्षा, स्वास्थ्य, कृषि, यातायात र पर्यटन विकासका लागि जोड दिने रणनीति रहेको मुख्यमन्त्री शाहले बताए ।

वडा कार्यालयको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री प्रकाश देउवाले हामीले गरेको विकास हाम्रा पुस्तासम्म पुर्‍याउनुपर्ने र त्यसका लागि गुणस्तरीय विकासमा सबैको ध्यान जानुपर्ने बताए । प्रदेश सरकारसँग सुदूरपश्चिमका सबै जिल्लाको विकास गर्नुपर्ने जिम्मेवारी रहेको भन्दै पहाडी जिल्लाको विकासलाई प्राथमिकता दिने प्रतिवद्धता जनाए।

कार्यक्रममा पुर्व सुचना तथा संचार राज्य मन्त्री गोविन्द शाह, नगरप्रमुख अम्बिका चलाउने, कमलबजारका नगरप्रमुख यज्ञ प्रसाद ढकाल, लम्मीचुहा नगरपालिकाका प्रमुख शुशिला शाह लगायतले वडा कार्यालय भवनबाट अब जनतालाई थप गुणस्तरीय सेवा दिन आग्र गरे ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.