Sujang

“चैतन्य तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता” सुरु

Ban

धनगढी,१५ जेठ :चेतन्य तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता २०८२ धनगढीमा सुरु भएको छ। चैतन्य पाठशाला धनगढीले आयोजना गरिने प्रतियोगिता तीन दिनसम्म संचालन हुने चैतन्य पाठशालाका निर्देशक कटक वहादुर सिंहले वताए । प्रतियोगिता चैतन्य पाठशालाको फुटसल मैदान, शिवनगरमा भइरहेको छ ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका दुई सय भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिता सेन्सर सिस्टममार्फत सञ्चालन भइरहेको छ।
प्रतियोगिताको उद्घाटन समारोहमा ओलम्पियन तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का राष्ट्रिय टिम तयारी निर्देशक दिपक विष्टले वर्तमान समय तेक्वान्दो खेलमा पर्याप्त सामग्री र अवसर रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले खेलाडीहरूलाई थप हौसला प्रदान गर्ने बताए । ‘हाम्रो देशमा विभिन्न स्तरका खेलाडीहरू अोझेलमा परेका छन। यसरी विभिन्न स्तरमा कार्यक्रमहरू आयोजना गर्न सकेमा खेलाडीहरूमा रहेको क्षमता प्रदर्शन हुने छ।’

चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले चैतन्यलाई शिक्षा र संस्कारको संगम र वेद तथा विज्ञानको संयोजनका रूपमा परिभाषित गर्दै समाजको समग्र विकासमा चैतन्यले उल्लेखनीय योगदान दिँदै आएको बताए । चैतन्यका हरेक गतिविधि समाजसँग जोडिँदै विद्यालयले सक्षम र सचेत नागरिक उत्पादन गरिरहेको उनले वताए ।
चैतन्य पाठशालाका निर्देशक कटक बहादुर सिंहले विगतमा नगर तथा जिल्ला स्तरमा सफल प्रतियोगिता आयोजना गरेको अनुभवका आधारमा यस वर्ष प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिएको वताए । चैतन्य पाठशालाले समाजका विभिन्न क्षेत्रहरूलाई उजागर गर्दै आएकोमा यसपछिको कार्यक्रम अझ वृहत रुपमा आयोजना गरिने वताए ।
प्रतियोगितामा विजयी हुने प्रथमलाई रु ५०,०००, दोस्रोलाइ रु ३०,००० र तेस्रोलाइ रु २०,००० नगद प्रदान गरिनेछ । साथै ‘वेस्ट फाइटर’ पुरुष तथा महिला खेलाडीलाई जनही रु ५,००० पुरस्कार प्रदान गरिनेछ ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक जगत टमाटाले चैतन्य पाठशालाको चैतन्य स्पोर्टस  एकेडेमीलाई खेल सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा तेक्वान्दो क्षेत्रमा विशिष्ट योगदान पुर्याएका वरिष्ट तेक्वान्दो गुरू गोविन्द विष्ट, शेरवहादुर सिंह र मोहन प्रताप गुरूङलाई जनहि १०,००० नगद सहित सम्मानपत्र द्वारा सम्मान गरिएको चैतन्य पाठशालाका निर्देशक कटक वहादुर सिंहले वताए ।

प्रतियोगिताको उद्घाटन ओलम्पियन तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्ट र नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक जगत टमटाले गरेका गरेका थिए ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.