Sujang

सहमतिपछि जेनजी समूह डोटीले दिसिनपाको शिक्षा शाखामा लगाएको ताला खुल्यो

Ban

भदौ २९, डोटी : विभिन्न माग राख्दै जेन–जी समूह डोटीले दिपायल सिलगढी नगरपालिकाको शिक्षा शाखामा लगाएको ताला सहमतिपछि खुलेको छ।
जेन–जी समूहले शिक्षा शाखामा लगाएको तालाबन्दीका विषयमा सोमबार जिल्ला प्रशासन कार्यालय डोटीमा सरोकारवालाबीच छलफल भएपछि ताला खोल्ने सहमति भएको हो।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको उपस्थितिमा भएको छलफलमा जेन–जी समूह डोटीका प्रतिनिधि, दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी तथा शिक्षा शाखा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

Krishi

छलफलपछि जारी निर्णयमा जेन–जी समूह डोटीले राखेका विभिन्न मागका सम्बन्धमा नगरपालिकाले गम्भीर रूपमा लिएर समाधान गर्न सकिने विषयमा आवश्यक कार्यविधि तथा मापदण्ड निर्धारण गरी सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने उल्लेख छ।

त्यसका लागि आवश्यक सुझाव तथा सल्लाहका विषयमा जेन–जी समूह डोटीबाट सुझाव लिई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले आवश्यक पहल गर्ने सहमति भएको छ।

त्यस्तै, सहमतिको दोस्रो बुँदामा उल्लेख भएअनुसार जेन–जी समूह डोटीले शिक्षा शाखामा लगाएको ताला भदौ २९ गतेदेखि खोल्ने र कुनै समस्या आएमा नगरपालिकासँग समन्वय तथा वार्ता गरी समाधानतर्फ अघि बढ्ने सहमति भएको छ।

छलफलमा प्रमुख जिल्ला अधिकारी नेपाल, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख सागर बोहरा, सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गण हेडक्वार्टरका प्रतिनिधि, दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारी, शिक्षा शाखा प्रतिनिधि पदम बिष्ट , तथा जेन–जी समूह डोटीका प्रतिनिधिहरू अंकित श्रेष्ठ , सपना मलासी ,सेलिजा केसि,आर्यन सिंह लगायतको सहभागी रहेको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.