

बैशाख २५ गते ,डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिकै अटोको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ।
बिहीबार भी.न.पा ००१ ह ०१२६ नम्बरको अटोले ठक्कर दिँदा आलिताल–४, कैनघाडीका विक्रम विकका छोरा विवेक विकको घटनास्थलमै ज्यान गएको हो।
बुडरबाट जोगबुढा जाँदै गरेको अटोले आमा ज्योतीसँगै पैदल हिँडिरहेको अवस्थामा बालकलाई ठक्कर दिएको थियो। घटनामा थप दुई जना घाइते भएका छन्।
घाइतेहरूको उपचारका लागि जोगबुढा अस्पताल लगिएको प्रहरीले जनाएको छ। अटो चालक भने अहिले फरार रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
