

फाल्गुन २६,अछाम :माटोको ढिस्कोले पुरिँदा मंगलसेन नगरपालिका-सुतुडाका दुई जना महिलाको मृत्यु भएको छ ।


वडा नम्बर-९ पान्लिभिडमा चैतेदसैंका लागि घर लिपपोत गर्नका लागि माटो ल्याउन गएका एकाघरका २७ वर्षीया जेठानी देउरुपा बोहरा र २३ वर्षीया देउरानी बिनिता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए ।
डीएसपी भण्डारीका अनुसार उनीहरू दिउँसो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिएका हुन् । घटनाको थप जानकारीका लागि प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाको टोली घटनास्थल पुगेको छ ।
