
माघ २ गते ,बैतडी– बैतडीमा घाँस काट्ने क्रममा एक जनाको लडेर मृत्यु भएको छ ।
जिल्लाको मेलौलि नगरपालिका–८ जमाडीकि सीता विष्टको भीरबाट लडेर मृत्यु भएको हो ।
महिला स्वास्थ्य स्वयमसेविका समेत रहेकी उनको घांस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।