Sujang

कैलालीको गेटामा छिट्टै मेडिकल शिक्षाको पढाई हुन्छ : पूर्व प्रधानमन्त्री  देउवा

मंसिर २ गते ,अत्तरिया: पुर्ब प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कैलालीको गेटामा रहेको गेटा अस्पतालको अवलोकन गरेका छन् । आइतबार साँझ देउवाले अस्पतालको अवलोकन गरेका हुन।

अस्पतालको अवलोकनका क्रममा बोल्दै उनले अहिले के बनाउने भन्ने बारेमा कन्फ्युजन भएको तर मेडिकल शिक्षा छिट्टै संचालनमा ल्याउने बताएका छन । उनले मुख्य कुरा मेडिकल पढाइ हुने बताए । उनले ३ सय शय्याको अस्पताल भए पनि ठुलै कुरा भएको बताए ।

अवलोकन कार्यक्रममा नेपाली काँँग्रेस सुदुर पश्चिम प्रदेश सभापति तथा प्रतिनिधि सभासदस्य विरबहादुर बलायर लगायत नेताकार्यकर्ता लगायतको उल्लेख्य उपस्थिति रहेकोे थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.