कार्तिक २० गते ,अत्तरिया: कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–२ बनखेत बस्ने ५५ वर्षीया धर्मादेवी मडैको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो।
आफ्नै घरमा धारामा नुहाउने क्रममा विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको पदमा अस्पताल अत्तरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।