Sujang

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु

Ban
असोज ९ गते ,धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–५ मनिकापुरमा मोटरसाइकल दुर्घटना हुँदा १७ वर्षीय सागर बिकको मृत्यु भएको हो।
Posan
Krishi

कैलारी गाउँपालिका–५ बयसपुरका १८ वर्षीय जोनसोन चौधरीले चलाएको बा ८९ प ६१३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलवार राति ९ः५० बजे दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी सवार बिक गम्भिर घाईते भएका थिए।

बिकको उपचारको क्रममा आज (वुधवार) विहान ४ः०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाइकल र मोटरसाइकल चालक चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.