Sujang

धनगढी नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कोषमा नवजीवन सहकारीबाट २ लाख १० हजार सहयोग

Ban

भदौ २६ गते ,धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले स्थापना गरेको नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कोषमा सहयोग गर्नेको संख्या बढ्दै गएको छ।

Krishi

यसैक्रममा उपमहानगरपालिकाभित्र छनोट भएका नमुना विद्यालयका बालबालिकाका लागि नवजीवन सहकारी संस्था लिमिटेडले पनि सहयोग गरेको छ। बालबालिकाको पोशाकका लागि सो सहकारीले नगरप्रमुख शैक्षिक सुधार कोषलाई २ लाख १० हजार रुपैयाँ सहयोग गरेको छ।

४० जना बालबालिकाका लागि सो सहकारीले नगरप्रमुख गोपाल हमाललाई २ लाख १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ। अहिलेसम्म धनगढी उप–महानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कोषमा ५७ लाख ३ हजार २५० रुपैयाँ जम्मा भइसकेको उपमहानगरपालकाले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.