Sujang

खुटिया नदीमा २ बालिका डुबे, एक बालिकाको अवस्था गम्भीर अर्की बेपत्ता

Ban
भदौ २३,धनगढीः कैलालीको खुटिया नदीमा डुबेर एक बालिका गम्भीर घाइते भएकी छन्। अर्की बालिका भने बेपत्ता भएको प्रहरीले जनाएको छ।
Krishi

आज (आइतबार) धनगढी उपमहानगरपालिका–१५ र वडा नम्बर ७ को बिचमा पर्ने वेली पुल नजिकै खुटिया नदीमा धनगढी–१४ ‘जी’ गाउँकी १४ वर्षीया सवि अवस्थी नदीमा डुबेर गम्भीर घाइते भएकी छन्। १६ वर्षीया जेनिसा अवस्थी भने बेपत्ता भएको प्रहरीले बताएको छ।

दुई बालिका नदीमा डुबेको खबर प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक जनकराज पन्तको कमाण्डमा ५ जना प्रहरी टोली खटिएर प्रहरी र स्थानीयको सहयोगमा सवि अवस्थीलाई नदीबाट निकालेर उपचारका लागि धनगढी ल्याइएको छ भने जेनिशा बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता बालिकाको खोजीकार्य भइरहेको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.