Sujang

कञ्चनपुरमा चितुवा खोज्न हात्ती परिचालन

Ban
Krishi

भदौ २गते कञ्चनपुरः कञ्चनपुरको भुजेला गाउँमा चितुवा खोज्न हात्ती परिचालन गरिएको छ।

शनिवार बिहान भीमदत्त नगरपालिका–११ भुजेला क्षेत्रमा चितुवा देखिएको थियो। स्थानीयले चितुवा देखेपछि प्रहरी लगायत निकुञ्जको टोलीलाइ खबर गरेका थिए।

दिउँसोदेखि शुक्लफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसहितको प्राविधिक टोली, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर चितुवाको खोजी गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पछिल्लो समय सीमावर्ती र मध्यवर्ती क्षेत्र नजिकका मानव बस्तीमा जंगली जनावर देखिन थालेपछि स्थानीय त्रसित भएका छन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.