Sujang

बैतडीको झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

चैत २३,बैतडी:बझाङ जयपृथ्वी राजमार्गको झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गको पाटन नगरपालिका–८, झौलेक नजिक से २ त ३६७८ नम्बरको ट्याक्टर दुर्घटनामा परि चालक राजेश चौधरी र स्थानीय मानसिंह बिष्टको मृत्यु भएको हो ।

दुर्घटनामा ज्यान गुमाउने मानसिंह बिष्ट अन्रपूर्ण राष्ट्रिय दैनिकका बैतडी समाचारदाता र स्थानीय रेडियो सेभेन स्टारमा कार्यरत पत्रकार कृष्ण बिष्टका बुवा रहेको पाटन-८ का वडाध्यक्ष हरिष बिष्टले जानकारी दिए।

ट्याक्टर बिहीबार राति दुर्घटना भएको हो । दुर्घटनाबारे स्थानियले शुक्रबार बिहान प्रहरीलाई खवर गरेका थिए । ईलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी खोडपेबाट प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।

साँघुरो घुम्तीमा दुर्घटना भएको र ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको प्रहरीले बताएको छ। मृतक दुवै जनाको शव सडकबाट ५० मिटर तल फेला परेकाे प्रहरी निरीक्षक जोशीले बताए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.