Sujang

कञ्चनपुरमा नदीमा डुबेर एक जनाको मृत्यु

Ban

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुरमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्।

Krishi

आइतबार जिल्लाको कृष्णपुर नगरपालिका–९ राजघाट बस्ने ७० वर्षीया गौरीदेवि महराको मोहना नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान हातखुट्टा धुन नदीमा गएकी महराको डुबेर मृत्यु भएको हो। महिला डुबेको खबर पाएपछि नेपाल प्रहरी घटना स्थलमा पुगेपनि भेट्टाउन सकेन। त्यसपछि सशस्त्र प्रहरीको ३५ नम्बर गणबाट सई कमल जोशीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन टोलीले वृद्धालाई मृत फेला पारेको हो।

सशस्त्र प्रहरीले शव नेपाल प्रहरीलाई बुझाएको जनाएको छ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.