कञ्चनपुर, २० साउन :कञ्चनपुरको दोधारा चाँदनीमा पत्नी हत्याको आरोपमा पति पक्राउ गरेका छन् ।
प्रहरीले दोधारा चाँदनी नगरपालिका–७ कंचभोजका ३४ वर्षीय प्रेमबहादुर बुढा क्षेत्रीलाई शुक्रवार राति पक्राउ गरेको जनाएको छ ।
उनले घरभित्रै २२ वर्षीया पत्नी द्रोपती बुढा क्षेत्रीलाई चक्कु प्रहार गरी घाईते बनाएका थिए । घाईते क्षेत्रीको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले पत्नी हत्याको आरोपमा पक्राउ परेका बुढामाथि आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।