धनगढी :सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएको ७ महिनापछि प्रदेश सरकारले पूर्णता पाएको हो ।
प्रदेश प्रमुख देवराज जोशीले नागरिक उन्मुक्ति पार्टीका १ मन्त्री र नेपाली कांग्रेसका १ मन्त्रीलाई सपथ खुवाएका छन । यसैगरी १ राज्यमन्त्रीलाई मुख्यमन्त्री कमल शाहले सपथ खुवाए ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र आन्तरिक मामिला तथा कानून मन्त्रीमा कांग्रेसका शिवराज भट्ट नियुक्त भएका छन् ।
राज्यमन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरी नियुक्त भएका छन् ।
उनीहरू तीनै जनाको बुधबार एकैसाथ शपथ ग्रहण गरिएको हो ।