Sujang

कृषीको क्षेत्रको विकासका लागि कृषीमा आधुनिकिकरण आवश्यक : राजदुत गोडेर

ईश्वर साउँद,टीकापुरःनेपालका लागि इजरायली राजदुत हनान गोडेरले नेपालमा कृषीको क्षेत्रको विकासका लागि कृषीमा आधुनिकिकरण गर्नु पर्ने बताएका छन् । बुधबार टीकापुरमा भएको लर्न एण्ड अर्न कार्यक्रमको छलफलमा राजदुत गोडेरले पुरानो प्रविधिले कृषी कर्म गर्दा लागत बढी लाग्ने र त्यसबाट नाफा कम हुने भएकाले जवसम्म कृषीलाई आधुनिकीकरण गरिदैन तवसम्म कृषीको विकास नहुने बताउका हुन् ।

नेपालमा कृषी योग्य जमिन धेरै भएको, कृषी क्षेत्रमा काम गर्ने जनसंख्या ६० प्रतिसत भएपनि कृषीमा आत्मनिर्भर नहुनुको कारण कृषीलाई आधुनिकिकरण गर्न नसकेको बताए । नेपालको ६० प्रतिसत जनसंख्या कृषीमा काम गर्ने भएपनि बाहिरबाट खाद्यन्ह आयात गर्नुपर्छ तर इजरायलमा २ प्रतिसत जनसंख्याले मात्र कृषी क्षेत्रमा काम गर्छ तर खाद्यन्ह निर्यात गर्छ, यो सबै सम्भव कृषी आधुनिकिकरणले गराएको उनले बताए ।

लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत टीकापुर बहुमुखी क्याम्पसमा कृषी विज्ञान संकायमा अध्यायनरत ५० जना विद्यार्थीहरु इजरायल जाने भएका छन् । सुदुरपश्चिम विश्वविद्यालय र इजरायली राजदुतावासको सहकार्यमा विद्यार्थी एक्सचेन्ज कार्यक्रम मार्फत उनीहरु इजरायल जाने भएका हुन् ।

चौथो वर्षमा अध्यायनरत ५५ जना विद्यार्थीहरुले निवेदन दिएकोमा त्यसबाट छनोट गरेर ५० जना विद्यार्थीहरुलाई ११ महिनाको लागि इजरायल पठाउन लागेको सुदुरपश्चिम विश्वविद्यालय कृषी विज्ञान संकायका डिन लालप्रसाद अंगाईले जानकारी दिए ।

इजरायल कृषी आधुनिकिकरणमा अगाडी भएकाले त्यहाँ गएर यहाँका विद्यार्थीहरुले त्यहाँको कृषी प्रवि सिकुन भन्ने उद्देश्यले यो कार्यक्रम अगाडी बढाएको बताउँदै डिन अंगाइले विद्यार्थीहरुले राम्रो कुरा सिकेर आउने बताए ।

त्यहाँ जाने विद्यार्थीहरुले आफ्नो जाने प्लेन टीकट आफैले काट्नु पर्ने र अन्य खर्च विश्वविद्यालय तथा दुतावासको सहकार्यमा गरिनेछ । विद्यार्थीहरुले त्यहाँ गएपछि ११ महिनासम्म साताको एक दिन पढ्ने, ५ दिन काम गर्ने र एक दिन आराम गर्न पाउनेछन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.