Sujang

सर्पको टोकाईबाट एक जनाको मृत्यु

डडेल्धुरा -डडेल्धुरामा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिका–१२ तुलाभाडीका १५ वर्षीय जितेन्द्र ओखेडा रहेका छन् ।

बिहीबार राति सुतेको अवस्थामा ओखेडालाई सर्पले टोकेको प्रहरीले जनाएको छ । सर्पले टोके पछि जितेन्द्र आफैंले सर्प मारेर फेरि ओछ्यानमा सुतेका थिए । तर, एक्कासी विषले असर गरेपछि उनलाई वैद्यकहाँ लगिएको थियो ।

त्यहाँबाट अस्पताल लगिएको उनलाई बचाउन नसकिएको जोगबुढा अस्पतालले जनाएको छ । ओखेडा स्थानीय शैलेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ माअध्ययनरत बिद्यार्थि हुन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.