Sujang

डडेल्धुरामा भत्कियो कांग्रेसको किल्ला, रास्वपाका तारा विजयी

Ban

फागुन २३ गते ,डडेल्धुरा :नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ । रास्वपाका डा. ताराप्रसाद जोशी १९ हजार १३१ मत ल्याएर विजयी भएका हुन् । 

Krishi

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत ल्याए । नेकपाका मानसिंह मालले छ हजार ८३४ र एमालेका चक्र स्नेहीले तीन हजार २६ मत ल्याए । स्नेहीको जमानत जफत भएको छ । 

डडेल्धुरामा २०४८ सालदेखि २०७९ सालसम्म भएका सात निर्वाचनमा कांग्रेसबाट देउवा विजयी भएका थिए । यसपटक उनी उम्मेदवार नहुँदा कांग्रेसले महरलाई उम्मेदवार बनाएको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.