Sujang

सहकारीको स्थापना दिवसमा जिल्ला अस्पतालका बिरामीलाई कम्बल वितरण

Ban
Krishi

इन्द्र शाही ,कार्तिक १७ गते ,डोटी : किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो ३०औँ वर्ष पूरा गरी ३१औँ वर्षमा प्रवेश गरेको अवसरमा जिल्ला अस्पताल डोटीमा उपचाररत बिरामीहरूलाई कम्बल वितरण गरेको छ।
मंगलबार संस्थाले आफ्नो वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै अस्पतालमा उपचाररत बिरामीहरूलाई कम्बल वितरण गरेको हो।
संस्थाले सामाजिक सेवामार्फत समुदायप्रतिको दायित्व निर्वाह गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रममा बोल्दै किसान बहुउद्देश्यीय सहकारी संस्था सिलगढी शाखाका प्रमुख जनक विष्टले संस्थाको सफलता कर्मचारीको मात्र नभई सम्पूर्ण सेयर सदस्यहरूको सहयोग, माया र ममताको प्रतिफल भएको बताए।
उहाँका अनुसार संस्थाका सुदूरपश्चिम प्रदेशभर ४१ वटा शाखा सञ्चालनमा रहेका छन् भने ९० हजार सेयर सदस्य आबद्ध छन्।
कार्यक्रममा एनएमबी बैंकका प्रमुख, समूहमा आबद्ध प्रतिनिधि तथा समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।

संस्थाले ३१औँ वर्ष प्रवेशको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत बिरामीहरूलाई सहयोग पुग्ने उद्देश्यले कम्बल वितरण गरेको जनाएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.