Sujang

डडेल्धुरामा बोलेरो जीप दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते

Ban

साउन २ गते ,डडेल्धुरा :भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्र्याखानमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्।

शनिबार बिहान करिब २ बजे धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जीप सडकबाट करिब ४ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Krishi

दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ निवासी अन्दाजी ४५ वर्षीय सुगन लोथ्याल र अन्दाजी २८ वर्षीय हनु लोथ्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए।

दुर्घटनामा दार्चुलाको मार्मा गाउँपालिका निवासी ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्याल तथा जीप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ निवासी अमृत घरेडी घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.