Sujang

धनगढीका दुई सहित तीन जना फरार प्रतिवादी पक्राउ

Ban

धनगढी : कैलालीका तीन जना फरार प्रतिवादी पक्राउ परेका छन्।

कैलाली प्रहरी कैलालीका अनुसार मंगलवार जिल्लाको धनगढी उपमहानगरपालिका दुई र गौरीगंगा नगरपालिकाका एक जना फरार प्रतिवादी पक्राउ परेका हुन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का २९ वर्षीय सुशिल चौधरी र सोही ठाउँका ३० वर्षीय बोलगोविन्द राना लागु औषध मुद्दामा फरार रहेकामा पक्राउ परेका हुन्। उनीहरुलाई कैलाली जिल्ला अदालतले २०७७ चैत ११ गते तीन महिनाको कैद सजाय सुनाएको थियो।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ का २३ वर्षीय देशराज राजी पनि पक्राउ परेका छन्। २०७८ मंसिर ४ गते जिल्ला अदालतले वन मुद्दामा ५१ हजार पाँच सय ४४ रुपैयाँ जरिबाना तोकेका उनी फरारको सूचीमा रहेका थिए। उनीहरुलाई मंगलवार जिल्ला अदालतमा पेश गरिएको कैलाली प्रहरीले बताएको छ।- दिनेश खबर

 

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.