Sujang

प्राज्ञिक विद्यार्थी परिषद् नेपालको राष्ट्रिय अधिवेशन धनगढीमा सुरु

Ban

धनगढीः प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौँ राष्ट्रिय अधिवेशन शनिबारदेखि धनगढीमा सुरु भएको छ। सुदूरपश्चिममा प्रदेशमा पहिलो पटक भएको अधिवेशन सोमवारसम्म सञ्चालन हुनेछ।

Krishi

‘आत्मनिर्भर अर्थतन्त्र भ्रष्टाचार नियन्त्रणका लागि नवौं राष्ट्रिय अधिवेशन’ भन्ने नारासहित भएको अधिवेशनमा देशभरबाट एक हजार प्रतिनिधिहरु सहभागि भएको परिषद्का महासचिव छितराज न्यौपानेले जानकारी दिए। अधिवेशनमार्फत देशको वर्तमान शैक्षिक परिदृष्य एवं वर्तमान शैक्षिक अवस्थाको सुधारका लागि शैक्षिक प्रस्ताव पारित गरिनेछ।- दिनेश खबर

त्यस्तै देशको वर्तमान सामाजिक, आर्थिक अवस्था र आत्मनिर्भर अर्थतन्त्र सम्बन्धि प्रस्ताव पारित गरिने जनाएको छ। हरेक दुई बर्षमा हुने अधिवेशनबाट नयाँ राष्ट्रिय कार्यसमिति चयन गर्ने गरेको छ। यस पटहकको परिषद्को राष्ट्रिय महासचिवमा विष्णु पंगेनि निर्वाचित भएका हुन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.