Sujang

भीम रावलजि पार्टीको निर्णय उल्लङ्घन गर्दै हुनुहुन्छ – विष्णु पौडेल

Ban

धनगढी-एमाले उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गएको दाबी गरेका छन् । शुक्रबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले रावलले पार्टीको निर्देशन समेत नमान्ने गरेको बताए ।

बमबम
‘भीम रावलजीले पार्टी अनुशासनको दृष्टिकोणले, पार्टी सदस्यको हैसियतमा निर्वाह गर्नुपर्ने भूमिकाको हिसाबले र विगतमा लामो समय नेतृत्वमा पनि रहिसकेको हैसियतमा भन्ने हो भने उनले एउटा पार्टी सदस्यको भूमिका निर्वाह गरेको छैन’, पौडेलको भनाइ छ । उनले रावलले पार्टी निर्णय नमानेको र अनुशासन समेत उल्लङ्घन गरेको बताए ।

उनि पार्टीको निर्णय मानेर चलेका छैन । उनले अनुशासन पनि उल्लङ्घन गरेको छ । पार्टी निर्णयकाविरुद्ध पार्टीको खिलाफमा बोल्नुभएको छ र पार्टीलाई कमजोर पार्ने गतिविधि उनिबाट भइरहेका छन्’, उपाध्यक्ष पौडेलले भने, उनले एकपछि अर्को गल्ती गर्दै छन् । घरी उनि पत्रकार सम्मेलन गर्छन्, घरी प्रतिक्रियात्मकता ओर्लनुहुन्छ । कहिले अधुरा सूचनाका आधारमा प्रतिक्रियामा ओर्लनुहुन्छ ।’

यस्तै पौडलले एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न नसक्ने बताउदै अब एमालेले एकल बहुमत ल्याउने गरी संगठन बिस्तारलगायत काम गर्नुपर्ने बताए।

‘एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न सक्दैन, हामी हाम्रो देशलाई गतिशिल बनाउन सक्दैनौं,’ उनले भने ‘सरकार जसरी अगाडि बढ्दैछ, यसले स्थायित्व दिँदैन।’ –पश्चिम टुडे

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.