
पुस २०,धनगढी – सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलको नेतामा कमल शाह सर्वसम्मत चयन भएका छन् ।
१९ जना सांसद रहेको सुदूरपश्चिम प्रदेश सभामा काँग्रेसको संसदीय दलको नेतामा अन्तिम समयमा आएर शाह सर्वसम्मत रूपमा चयन भएका हुन् । सर्वसम्मत रूपमा नेता चयन हुन नसके आज अपराह्न ४ बजेदेखि मतदान हुने थियो ।
शाह कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (१)बाट निर्वाचित भएका थिए ।कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकांक्षा राखेका थिए ।
शाह महासमिति सदस्य समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशको समर्थनमा दलको नेता बनेका हुन् ।