Sujang

कमलबजारमा ४० जना जेष्ठ नागरिकलाई स्वास्थ्य परिक्षण सहित सम्मान

Ban

अछाम- ज्ञान र अनुभवले परिपूर्ण जेष्ठ नागरिकलाई अछाममा सम्मान गरिएको छ । जेष्ठ नागरिक दिवसको अवसर पारी जिल्लाका विभिन्न ठाउँमा जेष्ठ नागरिकलाईस्वास्थ्य परिक्षण सहित सम्मान गरिएको हो । जसअनुसार अछामको कमलबजार नगरपालिकाका ४० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

कमलबजार नगरपालिको आयोजनामा नगरका ४० जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै सम्मान स्वरूप विभिन्न वडाबाट ज्येष्ठ नागरिकको प्रतिनिधित्व गरेर आएका प्रत्येक ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरिएको कमलबजार नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख डम्मर ढुुंगानाले जानकारी दिए।

Krishi

कार्यक्रममा बोल्दै कार्यवाहक नगर प्रमुख भीम बहादुर विष्टले  थोरै धनराशिको सहयोग भएपनि ज्येष्ठ नागरिकलाई सम्मान गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता सम्मान गर्ने कुरामा नगरपालिका प्रतिबद्ध रहेको बताए ।

राज्यले ज्येष्ठ नागरिकको लागि दिएको सेवा सुविधा परिवारका अन्य सदस्यबाट हिनामिना गरेको पाइएको बताउँदै कार्यवाहक नगर प्रमुख विष्टले आफनो ज्यानको प्रतिरक्षाको लागि प्रयोग गर्न पनि निर्देशन दिए ।

सहयोग पाएपछि जेष्ठ नागरिकले खुसि व्यक्त गर्नुभएको निमित्त प्रमुख प्रशाशकीय अधिकृत खडगबहादुर बिष्टले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.