Sujang

अख्तियारको कार्यालय महेन्द्रनगरमा चार सय उजुरी दर्ता

Ban

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा अनियमितताका चार सय उजुरी दर्ता भएका छन्। चालु आर्थिक वर्षको साउनदेखि पुस पहिलो सातासम्म आर्थिक अनियमितताका चार सय उजुरी दर्ता भएको पाइएको हो। सबैभन्दा बढी साउनमा एक सय ४१, भाद्र महिनामा ८४, असोजमा ५१, कात्तिकमा ३६, मंसिरमा ६० तथा पुसको पहिलो हप्तासम्म २८ गरी चार सय उजुरी दर्ता भएका छन्।

Krishi

कुल दर्ता उजुरीमध्ये ३५ प्रतिशत स्थानीय तहसँग सम्वन्धित भएको अख्तियारको कञ्चनपुर कार्यालयले जनाएको छ। आयोगको वेभसाइट, इमेल, टेलिफोन, फेसबुक, भाइवर, लिखित निवेदन तथा हुलाक सेवाबाट ती उजुरी अख्तियारमा दर्ता भएको आयोगका सूचना अधिकारी नारायणप्रसाद ढकालले बताए।

चालु आर्थिक वर्ष सुरु भएसँगै आर्थिक अनियमितताका उजुरी एकपछि अर्को बढ्दै गएको कार्यालयले जनाएको छ। संघ, प्रदेश र स्थानीय सरकारमार्फत सञ्चालित विकास निर्माणका योजनामा हुने आर्थिक चलखेल र अनियमितता विरुद्ध यसैगरी उजुरी आउनेक्रम बढेको सूचना अधिकारी ढकालले बताए।

 

कार्यालयमा परेका उजुरीमाथि छानबिन प्रक्रिया अघि बढाउने काम भइरहेको अधिकारीहरूले बताएका छन्। विभिन्न माध्यमबाट दैनिक उजुरी आउनेक्रम बढेकाले मुद्दाको प्रकृति हेरेर कारवाही प्रक्रिया अघि बढाउने अख्तियारले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.