Sujang

अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा

Ban

आर्थिक बर्ष २०७९र०८० मा अछाम जिल्लाका दश स्थानीय तहका ४० मुद्धा अख्तियार अनुसन्धान आयोगमा दर्तामा रहेका छन ।

बुधावार अख्तियार अनुसन्धान आयोग कंचनपुरको आयोजनामा चौरपाटी गाउँपालिकामा भएको भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा आयोगका इञ्जिनियर पुष्पराज भट्टले तथ्याङ्क सार्वजनिक गरे ।

Krishi

तथ्याङ्कमा २०७९ असार मसान्त अघिका ३२ र साउन देखि मंसिर सम्म ८ मुद्धा दर्ता भएको अख्तियार अनुसन्धान आयोग कंचनपुर जनाएको छ । तथ्याङ्क अनुसार सबैभन्दा बढी वान्नीगढी जयगढ गाउँपालिकाका ६ र सबैभन्दा कम ढकारी गाउँपालिकामा १ योजना उजुरी दर्ता रहेको आयोगले जनाएको छ ।

आयोगको तथ्याङ्क अनुसार मंगलसेन नगरपालिका, मेल्लेख गाउँपालिका, रामारोशन गाउँपालिका र तुर्माखाद गाउँपालिकाका नाममा ५र५, पञ्चदेवल विनायक नगरपालिकामा ४ र साँफेबगर नगरपालिका, कमलवजार नगरपालिका र चौरपाटी गाउँपालिकाका ३र३ योजनाको नाममा उजुरी दर्ता भएको आयोगका इञ्जिनियर भट्ट जानकारी दिए ।

अछामका १० स्थानीय तहका ४० योजनाको मुद्धामा मध्ये हाल सम्म ४ वटा मुद्धा फर्छयौट भएकोमा अझै ३६ मुद्धा वाँकी रहेको आयोगको तथ्याङ्कमा उल्लेख रहेको छ । अख्तियारमा प्राय भौतिक तथा निर्माणका योजनामा मुद्धा रहेको आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका नापी अधिकृत ईन्द्र बहादुर देउवाले भ्रष्टाचार नियन्त्रण तथा सचेतना जगाउन अख्तियारको टोली अछाम आएको भन्दै भ्रष्टचार भएको देखिएमा तत्काल प्रतिकार गर्दै भ्रष्टचार भएको देखिएमा अख्तियारमा उजुरी गर्न अनुरोध गरे ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.