Sujang

सुदूरपश्चिम प्लेअफमा, साबिक विजेता जनकपुर प्लेअफ दाैडबाट बाहिरियाे

Ban

मंसिर १३ गते :साबिक उपविजेता सुदूरपश्चिम रोयल्स लगातार पाँच जितका साथ दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफमा पुगेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार सुदूरपश्चिमसँग ६ विकेटले पराजित हुँदा साबिक विजेता जनकपुर भने प्लेअफ दौडबाट बाहिरिएको छ। सुदूरपश्चिमले पाँच खेलमै जित निकाली सर्वाधिक १० अंक जोडेको छ। प्लेअफमा पुग्ने सुदूरपश्चिम पहिलो टोली बनेको छ। 

पहिलो ब्याटिङ गरेको जनकपुरले २० ओभरमा आठ विकेट गुमाएर सुदूरपश्चिमलाई १४६ रनको मध्यम लक्ष्य दिएको थियो। उत्कृष्ट फर्ममा रहेको सुदूरपश्चिमले १७.४ ओभरमा चार विकेटको क्षतिमा १४८ रन बनायो । इनिङ्सको १७औँ ओभरमा अमेरिकन खेलाडी हर्मित सिंहले ललितनारायण राजवंशीको एकै ओभरमा तीन छक्का प्रहार गर्दै टोलीलाई १४ बलअगाडि नै जित दिलाए।

कमजोर सुरुवात गरेको सुदूरपश्चिमका लागि विनोद भण्डारी र इशान पाण्डेले तेस्रो विकेटका लागि ९१ रनको साझेदारी गर्दै जितको आधार बनाए। 

इनिङ्सको पहिलो बलमै सुदूरपश्चिमले जोस ब्राउन तथा १.३ ओभरमा क्रिस लियनको विकेट गुमाउँदा सुदूरपश्चिम २–१ को दयनीय अवस्थामा रह्यो। त्यसपछि विनोद र इशानले इनिङ्स सम्हाले । विनोदले ४९ बलमा तीन चौका र एक छक्का प्रहा रगरी ४२ रन जोडे । इशानले ३५ बलमा आठ चौका र एक छक्काको सहयोगमा ५६ रन जोडे । हर्मितले एक चौका र तीन छक्का प्रहार गरी २५ रनको योगदान दिए। 

Krishi

जनकपुरका लागि सञ्जयको अर्धशतक
यसअघि पहिलो ब्याटिङ गरेको साबिक विजेता जनकपुर बोल्ट्सका लागि सञ्जय कृष्णमुर्थीले अर्धशतकीय इनिङ्स खेलेका थिए । उनकै अर्धशतकको सहयोगमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको हो । 

जनकपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४५ रन बनाएको थियो । सञ्जयले ५० रन बनाउन ३८ बलमा चार चौका र दुई छक्का प्रहार गरे । एनपिएलमा उनको पहिलो अर्धशतक हो । दोस्रो संस्करणमा जनकपुरबाट यसअघि ओपनर आसिफ शेख र वायन पार्नेलले अर्धशतक बनाएका थिए ।

इनिङ्सको एक समय जनकपुर ७४–४ को स्थितिमा थियो । सञ्जयले आदित्य महतासँग ५५ रनको साझेदारी गर्दै जनकपुरको मध्यक्रम सम्हालेका थिए । सञ्जयले जान निकोल लोफ्टी इटोनसँग ३९ रनको साझेदारी गरेका थिए । इटोनले ३३ बलमा दुई चौका र दुई छक्कासहित ३९ रन थपे । ओपनर माज सदाकतले १२ रन बनाए । वायन पार्नेलले १४ रन जोडे । जनकपुरका ओपनर आसिफ शेख डक र शुभ कंसाकार गोल्डेन डक भए । 

जनकपुरले १७.२ ओभरमा १२९–४ को स्थितिमा दुई रन थप्दा तीन विकेट गुमाएको थियो । 

सुदूरपश्चिमका अभिनाश बोहराले चार विकेट लिए । चार ओभरमा अभिनाशले ३० रन खर्चिए । जारी एनपिएलमा अभिनाश ११ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडी हुन् । स्कट कुग्गेलिनले तीन विकेट लिए । चार ओभरमा कुग्गेलिनले २२ रन मात्र खर्चिए । कप्तान दीपेन्द्रसिंह ऐरीका नाममा एक विकेट रह्यो । 

यसअघि खेलमा लुम्बिनी लायन्सले दोस्रो जितका साथ प्ले अफको संभावनालाई कायमै राखेको छ। लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले हरायो। पोखराको चौथो खेलमा यो तेस्रो हार हो।
 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.