Sujang

सुदूरपश्चिमको लगातार चौथो जित

Ban

मंसिर ११ गते :दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ।

बिहीबार लुम्बिनी लायन्सलाई रनले हराउँदै सुदूरपश्चिमले चौथो जित दर्ता गरेको हो। प्रतियोगितामा समान चार खेल खेलेको लुम्बिनीले तेस्रो हार व्यहोरेको छ।

त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले १४४ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा सुदूरपश्चिमले तीन विकेटको क्षतिमा १० बल बाँकी रहँदै १४५ रन जोड्यो।

Krishi

टोलीको जितमा विनोद भण्डारीले नटआउट ६९ रन जोडे। ४९ बलमा पाँच चौका र चार छक्का प्रहार गरे। आसिफ शेख ३९, क्रिस लिन १६ र जोस ब्राउन नौ रन बनाएर पेभिलियन फर्किए। हर्मित सिंहले नटआउट सात रन जोडे।

लुम्बिनीका लागि रुबेन ट्रम्पलमेन, अभिशेष गौतम र तिलक भण्डारीले समान एक विकेट लिँदा अन्य खेलाडी विकेटविहीन रहे।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन जोडे । दिलिप नाथ ३१, डार्सी सट र सुमित महर्जनले समान १८ र गुलबदिन नैबले ११ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

सुदूरपश्चिमका लागि हर्मित सिंह र अविनाश बोहराले समान तीन विकेट लिँदा हेमन्त धामीले दुई र स्कट कुगलेनीले एक विकेट हात पारे।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.