Sujang

कैलालीको एक सुधार गृहमा युवकको मृत्यु

Ban

१ असोज, धनगढी । कैलालीमा सुधार गृहमा राखिएका एक युवकको मृत्यु भएको छ ।

गोदावरीको अत्तरियामा रहेको उग्रतारा सुधार गृहमा राखिएका डोटीको जोरायल गाउँपालिका–२ का २८ वर्षीय सागर मल्लको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले मल्लको गएराति उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।

उनकाअनुसार मानसिक स्वास्थमा समस्या रहेका मल्ललाई चार महिनाअघि सुधार गृहमा राखिएको थियो ।

Krishi

औषध खाएर साँझ ७ बजे निदाएका उनले गएराति १० बजेतिर पेट दु:ख्यो भनेको बुझिएको चन्दले बताए । केहीबेरमा निदाएका भनिएका उनी राति दुई बजेतिर शौचालय गएका थिए ।

शौचालयबाट धेरै बेरसम्म नआएका उनी अचेत अवस्थामा भेटिएपछि उपचारका लागि पद्मा अस्पताल  लगिएको थियोे ।

साढे ३ बजे पद्मा अस्पताल पुगाइएपनि अस्पतालले उपचार गर्न नसक्ने भन्दै सेती प्रादेशिक अस्पताल पठाएको थियोे ।

मल्लको उपचारका क्रममा सेतीमै मृत्यु भएको थियो । अहिले उनको शव प्रादेशिक अस्पतालमै राखिएको छ ।

मृतकका आफन्तले घटना शंकास्पद रहेकाले निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् । उनीहरूले मल्लको हत्या भएको आशंका गरेका छन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.