Sujang

डडेलधुरा जिप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

Ban

भदौ १२,डडेलधुरा —डडेलधुराको नवदुर्गा गाउँपालिका–५ चौड भित्री कच्ची सडकखण्डमा बिहीबार बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत ४२ वर्षीय गणेशबहादुर साउदको मृत्यु भएको हो । चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

Krishi

दुर्घटनामा ५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बिहान ९ बजेतिर ठाँटाबजारबाट सदरमुकामतर्फ आउँदै गरेको उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको थियो । प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार मृत्यु हुनेमा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन् ।

दुर्घटनामा घाइते भएका चालक रामबहादुर साउदलाई थप उपचारका लागि भारत लगिएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.