Sujang

कांग्रेसकाे बहिस्कारबिच सुदूरपश्चिम सरकारको बजेट पारित

Ban

असोज २७,धनगढी :सुदूरपश्चिम प्रदेशसभाबाट चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। मंगलबार साँझ ६ बजे बसेको प्रदेशसभा बैठकले बजेट पारित गरेको हो।

यसअघि साँझ ५ बजेका लागि निर्धारित बैठक ५ बजेर २२ मिनेटमा सुरु भएको थियो। बैठक सुरु भएको केही मिनेटमै सभामुखले विशेष कारण देखाउँदै पाँच मिनेटका लागि स्थगित गरेका थिए।

प्रदेश सरकारको बजेट पारित गर्ने विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएपछि कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति भएको थियो।

Krishi

मंगलबार बसेको नेकपाको संसदीय दलको बैठकले प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने र बजेटमा छुटेका विषय तथा विवादित योजनालाई सम्बोधन गर्न पूरक बजेट ल्याउने निर्णय गरेको थियो।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट जनपक्षीय नभएको भन्दै प्रदेशसभा बैठक बहिस्कार गरेको थियो।

सरकारले बजेट पारित गर्ने तयारी गरिरहेका बेला प्रतिपक्षी दलको बहिष्कार र सत्तारूढ दलभित्रको विवादले प्रदेशसभाको बैठक प्रभावित भएको थियो। अन्ततः प्रदेशसभाबाट बजेट पारित भएको छ।

 

Salmuni
Leave A Reply

Your email address will not be published.