Sujang

कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु

Ban

भदौ ७ गते, कैलाली :कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१७, दीपनगरमा २० वर्षीय युधिष्ठिर बुढामगरको मृत्यु भएको हो।

Krishi

घर नजिकै हल्दुको रुखको हाँगा काट्ने क्रममा हाइटेन्सन लाइनमा छोएपछि उनी करेन्ट लागी गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामै उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले परीक्षणका क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.