Sujang

सुदूरपश्चिमको अर्थ विकास समितिको सार्वजनिक सुनवाइ स्थानीयले गरे बहिष्कार

Ban

साउन ३० गते,धनगढीः सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले आयोजना गरेको सार्वजनिक सुनवाइ स्थानीयले बहिष्कार गरेका छन्।

कैलालीको कैलारी गाउँपालिका–५ को बैजपुरमा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले गुर्गी सिँचाइ आयोजना पुनर्निर्माण ढिलाइ सम्बन्धी सार्वजनिक सुनवाइ कार्यक्रम आयोजना गरेको थियो।

समितिका सभापति तथा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गुर्गी सिँचाइ आयोजना निर्माणका लागि वर्षेनी बजेट विनियोजन हुने तर निर्माण नहुने गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका थिए ।

Krishi

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमप्रसाद भट्ट, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर टेकराज विनाडी कर्मचारीसँग स्थानीय तत्कालीन सचिव सुरत बम र सिँचाइ डिभिजनका प्रमुख डम्बर धितालले योजनाका नाममा भ्रष्टाचार गरेकोले उनीहरूसँगै कुरा गर्न दिनुपर्ने माग गरे। प्रदेश सभाका सदस्यहरूसँग कुनै गुनासो नरहेको बताउने स्थानीय रेवन्त बोहराले कर्मचारीले आर्थिक अनियमितता गर्न हरेक वर्ष बजेट छुट्याउने, डीपीआरका नाममा भ्रष्टाचार गरेकाले उनीहरूमाथि छानबिन गरेर कारबाही हुनुपर्ने माग गरेपछि कार्यक्रममा होहल्ला सुरु भएको थियो।

होहल्लाबिच जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर विनाडी बोल्ने क्रममा स्थानीयले कार्यक्रम बहिष्कार गरेर बाहिरिएका थिए। ५० को दशकमा कैलारी गाउँपालिका–५ मा निर्माण भएको गुर्गी सिंचाइ आयोजनाको मूल नहरको बाँध भत्किएको थियो। संघीय सरकारले त्यसपछि पुनर्निर्माणको नाममा २०६४ सालपछि बर्सेनि बजेट विनियोजन गर्दै आएको थियोे। सुदूरपश्चिम प्रदेश सरकारले समेत गर्गी सिँचाइ आयोजनाका नाममा बजेट छुट्याउने गरेको थियो।

सरकारले हरेक वर्ष बजेट छुट्याएपनि योजना पुनर्निर्माण नहुँदा स्थानीयमा ठूलो आक्रोश रहेको छ। स्थानीयले सार्वजनिक सुनवाइ कार्यक्रम बहिष्कार गरेपछि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरीले स्थानीयको कुरा सुन्ने उदेश्य आएको बताउँदै बहिष्कार गर्नु राम्रो नभएको बताए। उनले वर्षाैदेखि अलपत्र रहेको गुर्गी सिँचाइ आयोजना पुनर्निर्माणका लागि समितिमा थप छलफल गरेर सरकारलाई निर्देशन दिइने बताए।

स्थानीयले बहिष्कार गरेको कार्यक्रममा समितिका सदस्य समेत रहेको माओवादी केन्द्रका संसदीय दल नेता खगराज भट्ट, एमाले प्रमुख सचेतक चक्र बहादुर मल्ल, काँग्रेस सांसद ललिता सुनार, माओवादीका शिवसिंह ओली र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीको सहभागी थिए। तर स्थानीयले बहिष्कार गरेपछि उनीहरू बोल्न नपाउदै फर्किएका छन्।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.