Sujang

सेती अस्पतालको छतबाट हाम फालेका मृगौला पीडित सिंहको मृत्यु

Ban

बैशाख १६ गते ,धनगढी : सेती प्रादेशिक अस्पतालको छतबाट हाम फालेका चक्रबहादुर सिंहको मृत्यु भएको छ।

डायलासिस गराउदै आएका गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मङ्गलवार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका थिए। चिकित्सकले उनलाई मृत्यु घोषणा गरेको प्रहरीले बताएको छ।

Krishi

प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले सोमवार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो २ बजेपछि एक्कासि तेस्रो तलाबाट हाम फालेको बताएका छन्। मृगौला पीडित सिंह प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए।

सोमवार पनि डायलासिस गर्न आएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए। सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन्। एकैपछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासि हाम फालेको देखिएको अस्पतालले जनाएको छ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.