Sujang

सुदूरपश्चिमलाई समृद्ध बनाउने योजनाका लागि संघ सरकारसँग छलफल भइरहेको छ : मुख्यमन्त्री शाह

Ban

चैत्र ८ गते ,कैलाली :सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट निर्माणसँगै विनियोजन र कार्यान्वयनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके मात्र दिगो विकास सम्भव हुने बताएका छन् ।

राष्ट्रिय योजना आयोगले बिहीबार धनगढीमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहले बजेटको कार्यान्ययनलाई बलियो पार्नु अहिलेको आवश्यकता रहेको बताए ।

उनले समग्र सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउने खालका योजनाका लागि संघ सरकारसँग छलफल भइरहेकाे जानकारी दिए । सुदूरपश्चिममा जलविद्युत्‌को उच्च सम्भावना रहेको बताउँदै मुख्यमन्त्री शाहले संघ सरकारले आयोजना अगाडि बढाएमा पूर्ण लगानीको वातावरण सुदूरपश्चिम सरकारले मिलाउने बताए ।

उनले तीनवटै तहका सरकारले सहअस्तित्वलाई आत्मसात गरी शासकीय प्रक्रियामा जानुपर्ने धारणा राखे ।

 

Salmuni
Leave A Reply

Your email address will not be published.