असोज ३, डोटी : विभिन्न कार्यक्रम गरि संविधान तथा राष्ट्रिय दिवस डोटीमा पनि मनाइएको छ । जिल्ला स्तरीय कार्यक्रम आयोजक समिति डोटीको आयोजनामा संविधान तथा राष्ट्रिय दिवस २०८१ मनाइको हो ।
दिवसको अवसरमा बिहिवार बिहान दिपायल सिलगढी नगरपालिकाको इन्द्रचोक देखि सिलगढी बजार, नाचन्थली हुँदै ज्रिप्रका सम्म र्याली निकालिएको थियो । जिल्ला समन्वय समिति डोटीको सभा हलमा पुगेर र्याली कोणसभामा परिणत भएको थियो ।
जिल्ला सम्वन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहको अध्यक्षता गरिएको कार्यक्रममा जनप्रतिनिधि, निजामती कर्मचारी, विभिन्न गैरसरकारी संस्थाका कर्मचारी, सुरक्षाकर्मी, शिक्षक विद्यार्थी , राजनीतिक दलका प्रतिनिधि,पत्रकार लगायतको सहभागिता रहेको थियो ।
साथै दिवसकै अवसरमा जिल्ला अस्पताल डोटीमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ ।
त्यस्तै साँझ शैलेश्वरी मन्दिर दिप प्रज्वलन समेत गरिएको थियो ।
बुधबार दिवसका अवसरमा दिपायलमा सरसफाइ गरिएको थियो ।
शुक्रबार बिहान रातुलीमाेडमा बृक्षा रोपण कार्यक्रम रहेकोे जनाएको छ ।