Sujang

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

Ban

भदौ ७ गते, अछाम :अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर–५ लयाटीमा खेतको काम सकेर घर फर्किने क्रममा भिरबाट खसेर ४५ वर्षका कमल बहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले बताए ।

Krishi

उनका अनुसार मृतक शाही घरदेखि पाँच सय मिटरको दुरीमा रहेको बडरुख भन्ने ठाउँमा चिप्लिएर लड्दा सय मिटर तल भिरमा खसेका थिए । घाइते अवस्थामा भेटिएका उनलाई स्थानीयले उद्दारगरी उपचारका लागि दैलेख जिल्लाको राकम लैजाने क्रममा बिच बाटोमै उनको मृत्यु भएको हो ।

मृतक शाहीको शव पोस्टमार्टमका लागि अछाम सदरमुकाम मंगलसैनस्थित जिल्ला अस्पताल ल्याइएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.