Sujang

सहकारी क्षेत्रलाई सुधारेर लैजानुपर्छ : मुख्यमन्त्री शाह

पुस २४ गते धनगढी:सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वव्यापीरुपमा लोकप्रिय बनेको सहकारी क्षेत्रलाई नेपालमा पनि सुधार गरेर लैजानुपर्ने बताउनुभएको छ।

नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय आयोजनामा धनगढीमा भइरहेको दुई दिने प्रदेश स्तरीय सहकारी संस्था : समस्या, समाधान र सुशासन प्रवर्द्धन प्रदेशस्तरीय कार्यशालामा मंगलबार बोल्दै मुख्यमन्त्री शाहले सो कुरा बताउनुभएको हो।

उहाँले ऐन, कानुनलाई समयानुकूल बनाएर भए पनि सहकारीलाई सुधार गरेर लैजानु पर्ने बताउनुभयो। मुख्यमन्त्री शाहले भन्नुभयो अहिले सहकारीप्रतिको धारणा ठिक नभएकोले सहकारीलाई सुधार गर्न ढिला गर्नु हुँदैन।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अध्यक्ष काशीराज दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो। दुई दिनसम्म हुने कार्यक्रममा प्रदेश सरकारका सहकारी रजिष्ट्रार टीकाराम थापाले सुदूरपश्चिमका सहकारीको समस्या तथा समाधान र प्रदेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधवप्रसाद जोशीले सहकारी संस्थामा सुशासनको स्थिति र सहकारी अभियानले खेलेको भूमिका बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

सो कार्यक्रममा कैलाली र कञ्चनपुरका स्थानीय तहका प्रमुख/उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सहकारी शाखा प्रमुख र सहकारी क्षेत्रका अभियन्ताको सहभागिता रहेको छ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.